सुकुमवासीको गास, बास र कपासको माग गर्दै माइतीघरमा प्रदर्शन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सुकुमवासी समुदायका विभिन्न माग राख्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
विभिन्न राजनीतिक दलनिकट संगठनहरूले सुरक्षित पुनर्स्थापनाको सुनिश्चितता नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले सुरक्षित पुनर्स्थापना, भू–स्वामित्वसहितको आवास अधिकार, सम्मानजनक बसोबास तथा गास, बास र कपासको प्रत्याभूति सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
उनीहरूले नागरिकका आधारभूत अधिकारको संरक्षण गर्नुपर्ने, जबर्जस्ती विस्थापन रोक्नुपर्ने र पुनर्स्थापनाको स्पष्ट व्यवस्था गर्नुपर्नेमा पनि जोड दिएका छन्। प्रदर्शनका क्रममा सहभागीहरूले “बोल्न दे”, “मानव अधिकारको प्रत्याभूति गर” लगायतका सन्देश लेखिएका प्लेकार्ड बोकेर आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराएका थिए।







