राहदानी विभागमा आत्मदाह प्रयास गर्ने युवाको अवस्था गम्भीर, वीर अस्पतालको आईसीयूमा उपचारको तयारी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।
उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ। उपचारमा संलग्न चिकित्सक डा. पीयूष दाहालका अनुसार शरीरको धेरै भाग जलेका कारण उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्ने तयारी भइरहेको छ।
डा. दाहालले बिरामीको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भागमा गम्भीर जलन भएको जानकारी दिए। प्रारम्भिक मूल्याङ्कनअनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको अनुमान गरिएको छ।
अस्पतालले आकस्मिक कक्षमै आवश्यक प्राथमिक उपचार, औषधि तथा विभिन्न परीक्षण गरिरहेको जनाएको छ। एनेस्थेसिया टोलीसँग समन्वय गरी उनलाई आईसीयूमा सारेर थप सघन उपचार गर्ने तयारी भइरहेको चिकित्सकले बताएका छन्।







