लगातार पाँचौं दिन घट्यो सुनचाँदीको मूल्य, सुन तोलामा २ हजार ४ सय रुपैयाँले सस्तो

User Image Prime TV News १ हप्ता अगाडि
Image of लगातार पाँचौं दिन घट्यो सुनचाँदीको मूल्य, सुन तोलामा २ हजार ४ सय रुपैयाँले सस्तो

काठमाडौ । नेपाली बजारमा सुन तथा चाँदीको मूल्य लगातार पाँचौं दिन पनि घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको छ। बुधबार सुनको मूल्य तोलामा २ लाख ८७ हजार १ सय रुपैयाँ थियो।

यसअघि मंगलबार तोलामा १ हजार ४ सय, सोमबार ९ सय र आइतबार ४ सय रुपैयाँले मूल्य घटेको थियो। पछिल्ला पाँच कारोबार दिनमा सुनको मूल्य कुल ६ हजार रुपैयाँले घटिसकेको छ। यद्यपि, गत साताको बिहीबार र शुक्रबार भने सुनको मूल्य तोलामा कुल १२ हजार ४ सय रुपैयाँले बढेको थियो।

यसैबीच, चाँदीको मूल्य पनि बिहीबार तोलामा १६० रुपैयाँले घटेर ४ हजार ३ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। नेपाली बजारमा यसअघि माघ १५ गते सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड बनाएको थियो। त्यसै दिन चाँदीको मूल्य पनि तोलामा ७ हजार ५०५ रुपैयाँ पुगेर सर्वाधिक उच्च स्तरमा पुगेको थियो।

यस्तै, माघ १८ गते चाँदीको मूल्य एकैदिन तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै सबैभन्दा ठूलो दैनिक गिरावट मानिन्छ।