गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत कार्कीले वर्तमान मुख्यसचिव सुमनराज अर्यालको स्थान लिनेछन्।
मुख्यसचिव अर्याल असार २६ गते अनिवार्य अवकाशमा जाने भएपछि सरकारले नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो। मुख्यसचिवका रूपमा कार्कीले निजामती प्रशासनको नेतृत्व गर्दै सरकारी प्रशासनलाई प्रभावकारी बनाउने, मन्त्रालयहरूबीच समन्वय गर्ने तथा मन्त्रिपरिषद्का निर्णय कार्यान्वयनमा प्रमुख भूमिका निर्वाह गर्नेछन्।







