रास्वपाको ‘श्रद्धा सुमन सभा’ बिहीबार, जेनजी आन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरिने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा ‘श्रद्धा सुमन सभा’ आयोजना गर्ने भएको छ।
पार्टीका प्रवक्ता मनिष झा अनुसार, सभा बिहीबार साँझ ६ बजे काठमाडौंको माइतीघर मण्डलामा हुने छ। साथै, देशभरका वडा इकाईहरू र पार्टीको केन्द्रीय कार्यालयमा पनि एकसाथ श्रद्धाञ्जली सभा गरिने रास्वपाले जनाएको छ ।
भदौ २३ गते जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको बल प्रयोगबाट केही प्रदर्शनकारीको ज्यान गएको थियो। आन्दोलनमा परेका मृतकहरूलाई सरकारले शहीद घोषणा गरिसकेको छ। यही सन्दर्भमा रास्वपाले शहीदप्रति सम्मान प्रकट गर्न कार्यक्रमको आयोजना गरेको हो।













