संघीय संसद्का दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

User Image Prime TV News २ हप्ता अगाडि
Image of संघीय संसद्का दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संघीय संसद्का दुवै सदनबाट पारित भएको छ।

प्रतिनिधि सभाबाट पारित भई सन्देशसहित राष्ट्रिय सभामा पुगेको विनियोजन विधेयक, २०८३ मंगलबार राष्ट्रिय सभाबाट पनि बहुमतले पारित भएको हो। राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए।

उक्त प्रस्ताव बहुमतले स्वीकृत भएपछि बजेटले संघीय संसद्का दुवै सदनको अनुमोदन प्राप्त गरेको छ। यसअघि प्रतिनिधि सभाले पनि विनियोजन विधेयक पारित गरिसकेको थियो। राष्ट्रिय सभाबाट समेत पारित भएसँगै आगामी आर्थिक वर्षको संघीय बजेट संसद्को दुवै सदनबाट अनुमोदित भएको हो।