मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गरेका छन्। समग्र मौद्रिक स्थायित्व कायम राख्दै मुद्रास्फीतिलाई ५.५ प्रतिशतभित्र सीमित गर्ने लक्ष्यसहित मौद्रिक नीति ल्याइएको हो।
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाको संस्थागत सुधारलाई प्राथमिकतामा राखिएको बताए। उनका अनुसार संस्थाहरूको पुँजी परिचालन लागत घटाउने व्यवस्था गरिएको छ, जसबाट हुने बचत ऋणग्राहीसम्म पुग्ने र कर्जा प्रवाह थप सहज हुने अपेक्षा गरिएको छ।
मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थालाई शाखा खोल्ने तथा आवश्यकताअनुसार समायोजन वा बन्द गर्ने प्रक्रियामा थप लचकता प्रदान गरेको छ। यस्तै, वित्तीय सेवाको डिजिटल रूपान्तरणलाई प्रोत्साहन गर्ने, प्रविधिको प्रयोग बढाउने तथा सञ्चालन खर्च कटौती गर्ने व्यवस्था पनि मौद्रिक नीतिमा समेटिएको गभर्नर पौडेलले जानकारी दिए।
राष्ट्र बैंकले यी नीतिमार्फत वित्तीय प्रणालीलाई थप प्रभावकारी, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउँदै आर्थिक गतिविधिलाई गति दिने अपेक्षा गरेको छ।







