संसदमा प्रधानमन्त्रीको अनुपस्थितिमाथि विपक्षी नेता आङ्देम्बेको प्रश्न
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधिसभा बैठकमा आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाएका छन्।
सोमबार प्रतिनिधिसभामा बोल्दै आङ्देम्बेले लोकतान्त्रिक मुलुकहरूमा विपक्षी दलका नेताले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री स्वयं उपस्थित भएर सुन्ने अभ्यास रहेको उल्लेख गरे। ‘संसारका लोकतान्त्रिक देशहरूमा विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री अगाडिको बेन्चमा बसेर गर्वका साथ आफ्नो उपस्थिति जनाउनुहुन्छ,’ उनले भने।
आङ्देम्बेले विपक्षी दलका नेताले उठाउने विषय र सुझाव सरकारका लागि मार्गनिर्देशक हुने भएकाले प्रधानमन्त्रीको संसदमा उपस्थित रहनु लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पक्ष भएको बताए। उनले प्रधानमन्त्री बैठकमा उपस्थित नहुने अनुमान आफूलाई पहिले नै रहेको उल्लेख गर्दै संसद्प्रति सरकारको जवाफदेहिता कायम राख्न प्रधानमन्त्रीको नियमित उपस्थितिको आवश्यकता औँल्याए।
प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने विषय स्मरण गराइरहनु आफ्नो जिम्मेवारी भएको पनि आङ्देम्बेले बताए।







