सरकार संविधान र गणतन्त्र कमजोर पार्ने दिशामा छः प्रचण्ड
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपाका संयोजक पुष्पकमल दाहालले वर्तमान सरकारमाथि संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर पार्ने दिशामा अघि बढिरहेको आरोप लगाएका छन्।
नेकपा उपत्यका प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा यस्तो टिप्पणी गरेका हुन्। उनले सरकारले सुशासन र विकासभन्दा पनि संविधानले सुनिश्चित गरेका अधिकारहरू महिला, दलित, आदिवासी–जनजातिका अधिकार खोस्ने काम गरिरहेको दाबी छ गरेका छन् ।
सुकुम्वासी बस्ती हटाउने, विद्यार्थी युनियन र ट्रेड युनियन अधिकारमाथि हस्तक्षेप गर्ने, तथा सीमा सम्बन्धी विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिने जस्ता गतिविधिहरूलाई आलोचना गर्दै उनले सरकार “गलत बाटोमा गएको” भन्दै त्यसको विरुद्ध आन्दोलन गर्न आफ्ना पार्टी कार्यकर्तालाई आह्वान पनि गरेका छन्।
साथै, आफूहरूले विगतमा वर्गसंघर्ष र रणनीतिक स्पष्टता भुलेको स्वीकार गर्दै त्यसबाट सिकेर अघि बढ्ने बताएका छन्।







