डोल्पामा हिलोसहितको बाढी: एक महिलाको मृत्यु, ६ जना घाइते
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । गैरीगाउँमा गएराति अविरल वर्षापछि आएको हिलोसहितको बाढीमा परी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
आइतबार राति करिब ३ बजे धुलाखोला तथा आसपासका खोल्सामा आएको हिलोमाटोसहितको बाढी गाउँमा पस्दा स्थानीय आनन्दी विक (अन्दाजी ५६ वर्ष) को घटनास्थलमै मृत्यु भएको हो। बाढीमा परी अन्य ६ जना घाइते भएका छन्।
घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्था गरिएको छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीयवासी संयुक्त रूपमा उद्धार तथा राहत कार्यमा जुटिरहेका छन्।







