आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेर २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ घटेर ४ हजार ६०५ रुपैयाँ पुगेको छ।
यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ र चाँदी ४ हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो।







