चिकित्सा नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई
Prime TV News एक महिना अगाडि 
काठमाडौ । यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कारको घोषणा भएको छ । नोबेल पुरस्कार कमिटीले स्वीडेनको स्टकहोममा आयोजित एक कार्यक्रममा शरीरको प्रतिरोध प्रणालीबारे अनुसन्धान गर्ने तीन वैज्ञानिक म्यारी ई. ब्रन्को, फ्रेड राम्सडेल र सिमोन साकागुचीलाई सो पुरस्कार दिने घोषणा गरेको हो ।
यी तीन जनाले शरीरको प्रतिरोध प्रणालीमा ’रेग्युलेटरी टी–सेल’ नामक विशेष कोषहरू रक्षकका रूपमा उपस्थित हुन्छन् भन्ने तथ्य पत्ता लगाएका थिए । शरीरको शक्तिशाली प्रतिरक्षा प्रणालीलाई नियन्त्रणमा राख्न आवश्यक छ, नत्र यसले हाम्रो आफ्नै अंगहरूमा आक्रमण गर्न सक्छ ।
ब्रन्को, राम्सडेल र साकागुचीले यसलाई नियन्त्रणमा राख्ने तरिका पत्ता लगाएका थिए । वैज्ञानिकहरूको यो नयाँ खोजले क्यान्सर तथा ’अटोइम्युन’ रोगहरूको उपचारमा थप टेवा पुग्ने नोबेल कमिटीले जनाएको छ । यसले अंग प्रत्यारोपणलाई अझ सफल बनाउन पनि मद्दत पु¥याउन सक्ने मानिएको छ । यीमध्ये केही उपचारहरू अहिले नै क्लिनिकल ट्रायलमा छन्।













