स्विट्जरल्यान्ड अल्जेरियालाई हराउँदै विश्वकपको प्रि–क्वार्टरफाइनलमा

User Image Prime TV News २ हप्ता अगाडि
Image of स्विट्जरल्यान्ड अल्जेरियालाई हराउँदै विश्वकपको प्रि–क्वार्टरफाइनलमा

काठमाडौ । स्विट्जरल्यान्डले अल्जेरियालाई २–० गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को प्रि–क्वार्टरफाइनल (राउन्ड अफ १६) मा स्थान सुरक्षित गरेको छ।

आज सम्पन्न खेलमा स्विट्जरल्यान्डका लागि ब्रील एम्बोलोले १०औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए। त्यसपछि दोस्रो हाफ सुरु भएको एक मिनेटमै डान एन्डोयेले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे।

खेलभर स्विट्जरल्यान्डले बलमाथि राम्रो नियन्त्रण कायम राख्दै अल्जेरियालाई प्रभावकारी आक्रमण गर्ने अवसर कम दियो। युवा खेलाडी जोहान मान्जाम्बीले पहिलो गोलका लागि उत्कृष्ट अवसर सिर्जना गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले।

यस जितसँगै स्विट्जरल्यान्डले अब प्रि–क्वार्टरफाइनलमा कोलम्बिया र घानाबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलको विजेताले क्वार्टरफाइनलमा स्थान बनाउनेछ।