पूर्ववर्ती सरकारले आफूमाथि सम्पत्ति शुद्धीकरण मुद्दा चलाउन खोजेको अर्थमन्त्री वाग्लेको दाबी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले पूर्ववर्ती सरकारले आफूविरुद्ध समेत सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउन खोजेको दाबी गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था दुरुपयोग हुन नहुने भन्दै केवल धेरै सम्पत्ति कमाएको आधारमा मात्रै मुद्दा चलाउन नहुने बताए।
उनले यसलाई दोस्रो चरणको कसुरका रूपमा व्याख्या गर्दै पहिले सम्बन्धित मूल अपराध प्रमाणित हुनुपर्ने धारणा राखे। उनले राजनीतिक पूर्वाग्रहका आधारमा कानुनी प्रक्रिया दुरुपयोग हुन सक्ने खतरा औंल्याउँदै भने, “कसैले मन परेन भनेर सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने प्रवृत्ति गलत हो।”
वाग्लेले आफ्नै पार्टी सभापतिविरुद्ध पनि यस्तै प्रकारको कानुनी हतियार प्रयोग गरिएको दाबी गर्दै आफूविरुद्ध पनि त्यस्तै प्रयास भएको कर्मचारीहरूले बताएका उल्लेख गरे।







