कांग्रेसका तीन शीर्ष नेताबीच भेटवार्ता, समसामयिक राजनीतिक विषयमा छलफल
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका तीन शीर्ष नेताबीच काठमाडौंमा भेटवार्ता भएको छ।
मध्यबानेश्वरस्थित नेता विमलेन्द्र निधिको निवासमा निधि, नेता प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच भेटवार्ता भएको हो। निधिको सचिवालयका अनुसार भेटमा पार्टीको पछिल्लो राजनीतिक अवस्था तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।
तीन नेताबीचको भेटलाई पार्टीभित्रको रणनीतिक छलफलका रूपमा पनि हेरिएको छ।







