सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेललाई थप ६ दिन म्याद
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा थप ६ दिन म्याद थप गरिएको छ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बुधबार म्याद थपको आदेश दिएको हो। योसँगै पौडेलविरुद्ध तेस्रो पटक म्याद थप भएको छ । पौडेललाई असार ८ गते सुर्खेतबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरेको थियो।
विभागका अनुसार उनको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धान भइरहेको छ। यसअघि विशेष अदालतले उनलाई दुई पटक म्याद थप गरिसकेको थियो। हाल अनुसन्धान प्रक्रिया जारी रहेको विभागले जनाएको छ।







