एकैदिन तोलामा ६ हजार २०० रुपैयाँ उक्लियो सुनको मूल्य

User Image Prime TV News २ हप्ता अगाडि
Image of एकैदिन तोलामा ६ हजार २०० रुपैयाँ उक्लियो सुनको मूल्य

काठमाडौ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ६ हजार २०० रुपैयाँले बढेको हो। महासंघले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ। बुधबार यही सुन प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला ४ हजार २७० रुपैयाँ रहेको चाँदीको मूल्य एकैदिन १८० रुपैयाँले वृद्धि भएको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्।