रास्वपाको पहिलो केन्द्रीय समिति बैठकले के के गर्यो ?

User Image Prime TV News २ हप्ता अगाडि
Image of रास्वपाको पहिलो केन्द्रीय समिति बैठकले के के गर्यो ?

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो केन्द्रीय समिति बैठकले विभिन्न संगठनात्मक निर्णय गरेको छ।

नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहणपछि बुधबार बसेको बैठकले महाधिवेशन सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका सहमहामन्त्री हरि ढकालले पार्टीका विभिन्न आयोगको नेतृत्व चयन गरिएको जानकारी दिए।

उनका अनुसार केन्द्रीय समितिले निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको नेतृत्व टुंगो लगाएको छ। निर्वाचन आयोग र लेखा आयोगमा भने साविककै नेतृत्वलाई निरन्तरता दिने निर्णय गरिएको छ। यस्तै, अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गरिएको छ। कास्कीका पौडेलले अब पार्टीको अनुशासनसम्बन्धी कामको नेतृत्व गर्नेछन्।

रास्वपाले पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेपछि नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ ।