मन्त्री घिसिङद्वारा विद्युत् प्रेषण केन्द्रको अनुगमन, विद्युत् प्रणाली सुदृढीकरणमा जोड

User Image Prime TV News एक महिना अगाडि
Image of मन्त्री घिसिङद्वारा विद्युत् प्रेषण केन्द्रको अनुगमन, विद्युत् प्रणाली सुदृढीकरणमा जोड

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको विद्युत भार प्रेषण केन्द्र, स्यूचाटारको अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, माग–आपूर्ति व्यवस्थापन र विद्युत् निर्यातलगायत विषयमा जानकारी लिएका छन्।

हाल देशका विभिन्न भागमा छिनछिनमा बत्ति जाने समस्या गम्भीर बनेको भन्दै मन्त्री घिसिङले प्रणालीलाई भरपर्दो, गुणस्तरीय, सुरक्षित तथा आधुनिक बनाउन तात्कालिक, मध्यमकालीन र दीर्घकालीन योजना आवश्यक रहेको धारणा राखे।

उनले बाढी र पहिरोबाट क्षति पुगेका संरचनाको छिटो मर्मत गरी सेवा पुनः सञ्चालनमा ल्याउन निर्देशन दिँदै, बत्ति जानेकुरा तत्काल समाधान गर्न मातहतका निकायलाई तयारी अवस्थामा रहन आग्रह गरे।

मन्त्री घिसिङले मर्स्याङ्दी करिडोर २२० केभी र हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्। साथै, आउँदो हिउँदयाममा विद्युत् आपूर्तिमा समस्या नआउने गरी अग्रिम तयारी गर्न पनि प्राधिकरणलाई निर्देशन दिएका छन्।