एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा, अब पाराग्वेसँग प्रतिस्पर्धा

User Image Prime TV News २ हप्ता अगाडि
Image of एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा, अब पाराग्वेसँग प्रतिस्पर्धा

काठमाडौ । स्टार फरवार्ड किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको न्यूजर्सी रङ्गशालामा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोल अन्तरले सहज रूपमा पराजित गर्‍यो। अब क्वार्टरफाइनल प्रवेशका लागि फ्रान्सले अन्तिम १६ मा पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ।

फ्रान्सका लागि एम्बाप्पेले दुई गोल गर्दै जितमा निर्णायक भूमिका खेले। उनले खेलको ४५औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए।

दोस्रो हाफ सुरु भएको केही समयमै ब्राडली बारकोलाले ५३औँ मिनेटमा गोल थप्दै फ्रान्सको अग्रता दोब्बर बनाए। त्यसपछि ७४औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको ३–० को शानदार जित सुनिश्चित गरे।

खेलभर स्विडेनले फ्रान्सको रक्षापङ्क्तिमा उल्लेखनीय दबाब सिर्जना गर्न सकेन। यसैगरी, अन्तिम ३२ अन्तर्गत अर्को खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाइसकेको छ ।