माइतीघरमा दृष्टिविहीन नागरिकको प्रदर्शन नवौँ दिनमा, रोजगारी र सम्मानजनक व्यवहारको माग

User Image Prime TV News ३ हप्ता अगाडि
Image of माइतीघरमा दृष्टिविहीन नागरिकको प्रदर्शन नवौँ दिनमा, रोजगारी र सम्मानजनक व्यवहारको माग

काठमाडौ । सडकपेटीमा आश्रित दृष्टिविहीन नागरिकले विभिन्न माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा नौ दिनदेखि प्रदर्शन जारी राखेका छन्।

प्रदर्शनकारीका अनुसार काठमाडौं महानगरपालिकाले सडकपेटी, मठमन्दिर तथा सार्वजनिक चोकमा जीविकोपार्जनका लागि काम गर्न नदिएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्। प्रदर्शनमा सहभागी दृष्टिविहीन नागरिकले नगर प्रहरीले आफूहरूमाथि दमन गर्ने, दिनभर होल्डिङ सेन्टरमा राख्ने तथा विशेषगरी महिला दृष्टिविहीनमाथि अभद्र व्यवहार गर्ने गरेको आरोप लगाएका छन्।

उनीहरूले सडकपेटीमा मर्यादित रूपमा काम गरी जीविकोपार्जन गर्न पाउने वातावरण सुनिश्चित गर्न, योग्यता र क्षमताअनुसार रोजगारीको व्यवस्था गर्न तथा दृष्टिविहीन नागरिकप्रति सम्मानजनक व्यवहार गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। यस्तै, आफ्ना मागप्रति सम्बन्धित निकायले गम्भीर ध्यान दिई समस्या समाधानका लागि पहल गर्नुपर्ने उनीहरूको आग्रह छ।