राष्ट्रिय विपद् जोखिम न्यूनीकरण परिषद्को बैठक आज, बाढी–पहिरोका क्षतिबारे निर्णायक छलफल हुने

User Image Prime TV News एक महिना अगाडि
Image of राष्ट्रिय विपद् जोखिम न्यूनीकरण परिषद्को बैठक आज, बाढी–पहिरोका क्षतिबारे निर्णायक छलफल हुने

काठमाडौ । पछिल्ला दिनमा देशका विभिन्न भागमा आएको बाढीपहिरोले व्यापक जनधन क्षति भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री सुशीला कार्कीको आब्हानमा आज प्रधानमन्त्री कार्यालयमा बैठक बस्ने तय भएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार बैठकमा हालैको विपद् व्यवस्थापनका विषयमा गम्भीर छलफल हुने छ। बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत वितरणदेखि अवरुद्ध यातायात पूर्वावस्थामा ल्याउने विषयसम्मका एजेन्डा तय गरिएको छ।

बैठकमा जनधनको क्षतिप्रति शोक प्रकट गर्दै सडक तथा अत्यावश्यक सेवा सञ्चालन, मृतक तथा बेपत्ता परिवारलाई कानुनअनुसार राहत उपलब्ध गराउने, महामारी फैलिन नदिन स्वास्थ्य पूर्वतयारी, अस्थायी आवास निर्माण लगायतका निर्णयमा सहमति जुटाउने तयारी गरिएको छ।

असोज १७, १८ र १९ गतेको मौसमी प्रणालीका कारण देशका धेरै भागमा भारी वर्षा हुँदा बाढीपहिरोमा ठुलो मात्रामा धनजनको क्षेती भएको थियो । सबैभन्दा बढी क्षति इलाममा भएको हो। प्राकृतिक प्रकोपका कारण बाटाघाटा, पुल तथा जलविद्युत् आयोजना लगायतका भौतिक संरचनामा समेत करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको छ।

सरकारले आजको बैठकमार्फत तत्कालीन राहतका साथै दीर्घकालीन पुनर्निर्माण र जोखिम न्यूनीकरण रणनीतिमा ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ।