प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन सम्बन्धी कार्यतालिका खै ?

User Image Prime TV News एक महिना अगाडि
Image of प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन सम्बन्धी कार्यतालिका खै ?

काठमाडौ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । तर प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन सम्बन्धी विवरण कार्यतालिकामा समावेश गरेको छैन । 

आयोगले सोमबार सार्वजनिक गरेको कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।

माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ भने फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाउने समय तोकिएको छ ।

मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । मतदान सकिएलगत्तै प्रत्यक्ष र समानुपातिक दुबै प्रणालीका मतपेटिका सङ्कलनपछि मतगणना सुरु गरिनेछ ।

समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने र पुस १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम तय गरिएको छ ।

तर प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनको मिति भने अझै सार्वजनिक गरिएको छैन । प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनको मिति भने पछि सार्वजनिक गरिने आयोगले जनाएको छ ।