प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने कार्यतालिका स्वीकृत

User Image Prime TV News एक महिना अगाडि
Image of प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने कार्यतालिका स्वीकृत

काठमाडौ । निर्वाचन आयोगले फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने कार्यतालिका स्वीकृत गरेको छ। सोमबार बसेको आयोगको बैठकले सम्पूर्ण निर्वाचन प्रक्रिया स्पष्ट चरणबद्ध कार्यक्रमसहित पारित गरेको हो।

कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ता प्रक्रिया सञ्चालन हुनेछ। कात्तिक ३० गतेअघि दर्ता प्रमाणपत्र नलिएका दलहरूले निर्वाचनमा भाग लिन नपाउने व्यवस्था गरिएको छ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। प्रचारप्रसार अवधि फागुन ३ देखि १८ गतेसम्म रहनेछ, जसपछि प्रचार निषेध अवधि लागू हुनेछ। मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ, र मतपेटिका संकलनपछि दुवै प्रणालीको मतगणना तुरुन्त सुरु गरिनेछ।

समानुपातिक प्रणालीतर्फ मंसिर १५ गते कार्यालय स्थापना हुनेछ भने पुस १८ र १९ गते दलहरूले बन्दसूची पेश गर्नेछन्।

आयोगले निष्पक्ष, पारदर्शी र व्यवस्थित निर्वाचन सुनिश्चित गर्न राजनीतिक दल तथा सरोकारवालासँग नियमित परामर्श र समन्वय गर्ने जनाएको छ। तोकिएको समयसीमा नमान्ने दलहरूलाई स्वतः निर्वाचन प्रक्रियाबाट बाहिर राखिने चेतावनी पनि आयोगले दिएको छ।