पूँजीगत खर्चको कमजोर अवस्था आगामी वर्षबाट सुधारिने अर्थमन्त्री वाग्लेको दाबी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of पूँजीगत खर्चको कमजोर अवस्था आगामी वर्षबाट सुधारिने अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशमा देखिएको पूँजीगत खर्चको कमजोर अवस्था आगामी आर्थिक वर्षदेखि सुधार हुने दाबी गरेका छन्।

प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन हेर्दा हालसम्म करिब ३५ प्रतिशत मात्र पूँजीगत खर्च भएको स्वीकार गरे। तर आगामी वर्षदेखि यस्तो अवस्था दोहोरिन नदिने सरकारको लक्ष्य रहेको उनले बताए।

अर्थमन्त्री वाग्लेले पूँजीगत खर्च बढाउन सके त्यसले राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गरे। उनले सरकारले ल्याएको नयाँ बजेटले विभिन्न सुधारका क्षेत्रमा काम अघि बढाएको भन्दै त्यसको परिणाम आगामी वर्षदेखि देखिने दाबी गरे।

“अहिलेको सरकारले अघिल्लो सरकारले बनाएको बजेट कार्यान्वयन गरिरहेको छ,” उनले संसदमा भने। उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएका समता शुल्कले विपन्न वर्गलाई असर नगर्ने आफ्नो अघिल्लो धारणा पनि पुनः दोहोर्याए।