स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा उच्च वृद्धि, सुन तोलामा ४ हजार ७ सय रुपैयाँले महँगियो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा उच्च वृद्धि, सुन तोलामा ४ हजार ७ सय रुपैयाँले महँगियो

काठमाडौ । आइतबार सुन तथा चाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन प्रतितोला ४ हजार ७ सय रुपैयाँ र चाँदी प्रतितोला १४५ रुपैयाँले महँगिएको हो। महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ३२५ रुपैयाँ कायम भएको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँ र चाँदी ४ हजार १८० रुपैयाँ मा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहँदा त्यसको प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरूले बताएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस ४ हजार ८ अमेरिकी डलर तथा चाँदी प्रति औँस ५६ अमेरिकी डलर मा कारोबार भइरहेको छ।