कोलम्बिया र पोर्चुगल बराबरीमा, दुवै टोली नकआउट चरणमा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कोलम्बिया र पोर्चुगल बराबरीमा, दुवै टोली नकआउट चरणमा

काठमाडौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को अन्तिम खेलमा कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्।

मियामीस्थित हार्ड रक स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल निकाल्न सकेनन्। खेलभर कोलम्बियाले बल नियन्त्रण र आक्रमणमा केही हदसम्म दबाब कायम राखेको थियो।

पोर्चुगलले पनि प्रति आक्रमणमार्फत अवसर बनाउने प्रयास गर्‍यो तर अन्तिम क्षणमा सफल हुन सकेन। पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो समेत गोल गर्न असफल रहे।

उत्तरार्धमा दुवै टोलीका गोलरक्षकले उत्कृष्ट बचाउ गर्दै खेललाई गोलरहित राखे। अन्तिम मिनेटतिर कोलम्बियाले निर्णायक अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन।

यो नतिजासँगै समूह चरणका तीन खेलबाट ७ अङ्क जोडेको कोलम्बिया समूह विजेता बनेको छ। ५ अङ्क जोडेको पोर्चुगल उपविजेताका रूपमा अन्तिम ३२ मा पुगेको छ।

अब नकआउट चरणमा कोलम्बियाले घानासँग खेल्नेछ भने पोर्चुगलले क्रोएसियाको चुनौती सामना गर्नेछ।