नेप्से २ अंकले घट्यो, कारोबार ३ अर्ब ९४ करोड रुपैयाँ

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेप्से २ अंकले घट्यो, कारोबार ३ अर्ब ९४ करोड रुपैयाँ

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज परिसूचक साताको अन्तिम कारोबार दिन शुक्रबार २ अंकले घटेर २,६४९.५१ विन्दुमा पुगेको छ।

आज धितोपत्र र ऋणपत्रसहित ३५९ कम्पनीका ७७ लाख २७ हजार कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकमका आधारमा स्नोरिभर, टक्सार पिखुवा खोला जलविद्युत कम्पनी, याम्बलिङ हाइड्रोपावर तथा एनएमबी बैंकको ऋणपत्र सर्वाधिक कारोबार हुने सूचीमा रहे।

बजार सामान्य रूपमा घटेको दिन केही कम्पनीको सेयर मूल्यमा उल्लेखनीय गिरावट देखियो। कालिका लघुवित्त वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंकको ऋणपत्र, सोपान फर्मास्युटिकल्स र माईखोला हाइड्रोपावरको सेयर मूल्य ३.७७ प्रतिशतदेखि १०.७६ प्रतिशतसम्म घटेको छ।

त्यस्तै, ग्लोबल आइएमई बैंकको ऋणपत्र, नेपाल बैंक लिमिटेडको ऋणपत्र, आँखुखोला जलविद्युत कम्पनी र सिटी होटल लिमिटेडको कारोबार ११ करोड ५४ लाख रुपैयाँदेखि ३३ करोड १६ लाख रुपैयाँसम्म पुगेको छ।