महामन्त्री उम्मेदवार मनिष झाको आरोप– ‘पार्टीभित्र गुटबन्दीको प्रयास भयो’

User Image Prime TV News ३ हप्ता अगाडि
Image of महामन्त्री उम्मेदवार मनिष झाको आरोप– ‘पार्टीभित्र गुटबन्दीको प्रयास भयो’

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दीको प्रयास भएको आरोप लगाएका छन्। उनले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कारबाही गर्न पार्टी सभापति रवि लामिछानेसँग आग्रह गरेका छन्।

शुक्रबार चितवनस्थित महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले संस्थापन पक्ष एकजुट भएको दाबी गर्दै गुटबन्दीको प्रयास पार्टीको हितविपरीत रहेको बताए। उनले भने, “संस्थापन पक्ष एकजुट हुनुभयो भने म यही माध्यमबाट आदरणीय रवि लामिछानेज्यूलाई अनुरोध गर्छु– यो गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गरिदिनुस्।”

महामन्त्री पदको निर्वाचन प्रतिस्पर्धात्मक बन्दै गएको उल्लेख गर्दै झाले प्रतिनिधिहरूबाट आफूले सकारात्मक प्रतिक्रिया पाएको दाबी गरे। उनले मतदानको परिणाम आफ्नो पक्षमा आउने विश्वास पनि व्यक्त गरे। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया जारी रहेको छ।