रास्वपाको खुल्ला केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित निर्वाचित हुने को को ?
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत खुल्ला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ।
सार्वजनिक परिणामअनुसार डा. स्वर्णिम वाग्ले सर्वाधिक मत प्राप्त गर्दै शीर्ष स्थानमा रहेका छन्। खुल्लातर्फ ३५ केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा डा. वाग्लेले २ हजार ६ सय ७ मत प्राप्त गरेका हुन्।
उनी महाधिवेशनमा सहभागी प्रतिनिधिहरूमाझ सबैभन्दा बढी समर्थन पाउने उम्मेदवार बनेका छन्। मतपरिणामअनुसार सोविता गौतम दोस्रो स्थानमा रहिन्। उनले २ हजार ५ सय ९४ मत प्राप्त गरिन्।
त्यसैगरी सागर ढकालले २ हजार ३ सय ३३ मत ल्याउँदै उल्लेखनीय समर्थन पाए भने शिशिर खनालले १ हजार ४ सय ९५ मत प्राप्त गरेका छन्।
रास्वपाको पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व संरचना निर्माण भइरहेका बेला शीर्ष नेताहरूले राम्रो मत ल्याउनु पार्टीभित्र उनीहरूको प्रभाव र प्रतिनिधिहरूको विश्वासका रूपमा हेरिएको छ।
चर्चित उम्मेदवारहरुले ल्याएको मतः
- डा. स्वर्णिम वाग्ले २६०७ मत
- गणेश पराजुली २०४५
- बिराजभक्त श्रेष्ठ २०९४
- सस्मित पोखरेल १८३३
- मनिष झा २२३७
- सोविता गौतम २५९४
- विपिन आचार्य २१२६
- शंकर श्रेष्ठ १४८४
- कविन्द्र बुर्लाकोटी २१८४
- क्रान्तिशीखा धिताल १४७९
- शिशिर खनाल २४९५
- राजीव खत्री १७०१
- राजुनाथ पाण्डे. १८१२
- सुदीप ढकाल १४२९
- अनुष्का श्रेष्ठ १३५३
- जगदिश खरेल (दोलखा) १५१३
- रञ्जु दर्शना २२४९
- पुकार बम २०३०
- प्रमोद न्यौपाने १८९२
- हरि ढकाल २२१९
- जगदिश खरेल (ललितपुर) २०४४
- रोहन कार्की १०२२
- खगेन्द्र सुनार १७०८
- यज्ञमणी न्यौपाने १८६९
- असीम साह १७२८
- टिका संग्रौला १४९०
- सागर ढकाल २३३३
- लिमा अधिकारी १५०४
- रामजी यादव ८६९
- निशा डाँगी २०८९
- इन्दीरा रानामगर २०४७
- रिमा विश्वकर्मा १८१०
- रमेश प्रसाईं २१२३
- समिक्षा बास्कोटा १६९९
- अरनिको पाण्डे ९१२
- धनञ्जय रेग्मी ८९०
- तोसिमा कार्की २२५७
- गणेश कार्की १६९३
- आशिका तामाङ १४३०






