नेप्सेमा चौथो दिन पनि गिरावट, कारोबार रकम घट्यो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेप्सेमा चौथो दिन पनि गिरावट, कारोबार रकम घट्यो

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार चौथो दिन गिरावट आएको छ। बिहीबार नेप्से ८.५० अंकले घटेर २ हजार ६५१.५२ विन्दुमा कायम भएको छ।

आजको कारोबारमा ३३८ कम्पनीका सेयर किनबेच भएका छन्। जसमध्ये ८३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ कम्पनीको सेयर मूल्य घटेको छ। बजारमा आज ६४ लाख ८० हजार ५९९ कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार रुपैयाँ पुगेको छ। यो कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब ३६ प्रतिशत कम हो।

समूहगत परिसूचकमा भने उत्पादन तथा प्रशोधन समूह मात्र सकारात्मक देखिएको छ। अन्य सबै समूहका परिसूचक घटेका छन्। सबैभन्दा बढी गिरावट व्यापार समूहमा १.९६ प्रतिशत रहेको छ। आजको बजारमा टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेड, याम्बालिङ हाइड्रोपावर लिमिटेड र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड का लगानीकर्ताले बढी कमाएका छन्।

यता भुजुङ हाइड्रोपावर लिमिटेड, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड का लगानीकर्ताले बढी गुमाएका छन्। लगातारको गिरावटसँगै नेप्सेमा लगानीकर्ताको सक्रियता पनि घट्दै गएको देखिएको छ। कारोबार रकममा आएको कमीले बजारमा तत्काल ठूलो खरिद चाप नरहेको संकेत गरेको छ।