सुनको मूल्यमा एकैदिन ५ हजार २०० रुपैयाँ गिरावट, चाँदी पनि सस्तो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँले घटेको हो।
महासंघले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३०० रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रतितोला २५० रुपैयाँले घटेर ४ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४८५ रुपैयाँमा खरिद–बिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढाव तथा विनिमय दरको प्रभावका कारण नेपाली बजारमा सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको छ। बिहीबारको कारोबारमा सुन र चाँदी दुवै धातुको मूल्यमा उल्लेख्य कमी देखिएको छ।







