प्रधानमन्त्री बालेन शाह चितवन भ्रमणपछि काठमाडौ फर्किए

User Image Prime TV News ३ हप्ता अगाडि
Image of प्रधानमन्त्री बालेन शाह चितवन भ्रमणपछि काठमाडौ फर्किए

काठमाडौ । प्रधानमन्त्री बालेन शाह चितवन भ्रमण सकेर काठमाडौ फर्किएका छन्। उनी ७ असारमा श्रीमती र छोरीसहित चितवन आएका थिए र आज बुद्ध एयरमार्फत राजधानी फर्किएका हुन्।

सचिवालयका केही सदस्य पनि उनीसँगै काठमाडौं फर्किएका छन्। भ्रमणका क्रममा उनी ७ असारमा महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका थिए। त्यसपछि ८ असारमा उनले चितवन राष्ट्रिय निकुञ्ज र सौराहा क्षेत्रको अवलोकन गरेका थिए।

९ असार साँझ उनी महाधिवेशनको बन्दसत्रमा सहभागी भएका थिए र करिब डेढ घण्टा कार्यक्रमस्थलमा बसेका थिए। सोही क्रममा उनले पार्टी सभापतिमा रवि लामिछानेको प्रस्तावक बस्ने भूमिकामा देखिएका थिए। उनी उद्घाटनस्थलबाट करिब १६ किलोमिटर पूर्व–उत्तरमा रहेको कालिका नगरपालिका–९ शक्तिखोरस्थित लटौली सेन्चुरी रिसोर्टमा बसेका थिए।

सोही रिसोर्टमा खिचिएको फोटो सामाजिक सञ्जाल फेसबुकमा राख्दै उनले “भिजिट चितवन, न्यानो ठाउँ” लेखेका थिए। भ्रमणपछि उनी चितवनबाट काठमाडौं फर्किएका हुन्।