इरानले परमाणुस्थल निरीक्षण गर्न नदिए वार्ता रद्द गर्ने ट्रम्पको चेतावनी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of इरानले परमाणुस्थल निरीक्षण गर्न नदिए वार्ता रद्द गर्ने ट्रम्पको चेतावनी

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो परमाणु कार्यक्रममाथि अन्तर्राष्ट्रिय निरीक्षणको अनुमति नदिए अमेरिका–इरान वार्ता तत्काल स्थगित गरिने चेतावनी दिएका छन्।

पेन्सिलभेनियामा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानले यसअघि नै निरीक्षणको विषयमा सहमति जनाएको दाबी गर्दै त्यसबाट पछि हट्न नहुने बताए। उनले भने, “यदि उनीहरू आफ्नो प्रतिबद्धताबाट पछि हटे भने म तत्काल वार्ता रद्द गर्नेछु।”

हालै स्वीटजरल्याण्ड अमेरिकी र इरानी प्रतिनिधिबीच भएको वार्तामा केही महत्वपूर्ण सहमति भएको बताइएको छ। अमेरिकी पक्षले इरानी तेल बिक्रीमाथि लगाइएका केही प्रतिबन्ध ६० दिनका लागि अस्थायी रूपमा हटाउने तथा करिब १२ अर्ब अमेरिकी डलर बराबरको कोष फुकुवा गर्ने प्रस्तावमा सहमति जनाएको जनाइएको छ।

त्यसको बदलामा इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूलाई पुनः आफ्नो देशमा प्रवेश गर्न दिने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ। उक्त सहमतिलाई दुवै देशबीचको तनाव कम गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

वार्ताका क्रममा स्थायी युद्धविराम र दीर्घकालीन समझदारीका लागि थप चरणका कूटनीतिक संवाद जारी राख्ने सहमति पनि भएको छ। ट्रम्पले संयुक्त राष्ट्रसंघअन्तर्गतको परमाणु निगरानी निकाय आईएईएका अधिकारीहरू उचित समयमा इरान पुगेर त्यहाँको परमाणु कार्यक्रमको अनुगमन गर्ने बताए।

यद्यपि निरीक्षण प्रक्रिया कहिलेदेखि सुरु हुनेछ भन्नेबारे उनले स्पष्ट समयसीमा भने सार्वजनिक गरेका छैनन्। निरीक्षणसम्बन्धी सहमतिको का