९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीको उमेदवारी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of ९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीको उमेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको ९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उमेदवारी दर्ता गराएका छन् ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ ।  उनले भने, “एकिन संख्या निकाल्दै छौँ, चार सयभन्दा बढीको उमेदवारी परेको छ । आज बिहान ९ बजे नामावली प्रकाशन गरिनेछ ।”

निर्वाचित ९९ जना मध्येबाट पदाधिकारी चयन गरिनेछ । पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ । मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिनेछ । विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन् । मतदान गर्ने चार हजार हाराहारी प्रतिनिधि छन् । रासस