नेप्से दोहोरो अंकले घट्यो, कारोबार ४ अर्ब ३६ करोडमा सीमित
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेपाली शेयर बजार परिसूचक नेप्से मंगलबार दोहोरो अंकले घटेको छ। नेप्से २६.१६ अंकले घटेर २,६७४.४८ विन्दुमा कायम भएको हो।
आज कुल ३५३ कम्पनीका सेयर कारोबार भएका थिए। तीमध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा २३९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। कारोबार भएका सेयरको कुल मात्रा १ करोड ४० हजार १६४ कित्ता रहेको छ भने कारोबार रकम ४ अर्ब ३६ करोड २१ लाख ९५ हजार रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा करिब २ प्रतिशतले कमी हो।
आज कारोबार भएका समूहगत परिसूचकहरूमध्ये म्युचुअल फण्ड समूह मात्र सकारात्मक देखिएको छ भने बाँकी सबै समूहमा गिरावट आएको छ। सबैभन्दा धेरै घट्नेमा उत्पादनशील तथा प्रशोधन समूह रहेको छ, जसको परिसूचक १.९२ प्रतिशतले घटेको छ।
व्यक्तिगत कम्पनीतर्फ टक्सार पिखुवाखोला हाइड्रोपावर, याम्बालिङ हाइड्रोपावर तथा लक्ष्मी उन्नति कोषका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन्। त्यसैगरी बुङगल हाइड्रोपावर, एपोलो हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सका सेयरधनीहरू सबैभन्दा बढी घाटामा परेका छन्।







