उपाध्यक्ष पौडेल पक्राउ परेपछि एमालेले बोलायो संसदीय दल र सचिवालय बैठक

User Image Prime TV News ४ हप्ता अगाडि
Image of उपाध्यक्ष पौडेल पक्राउ परेपछि एमालेले बोलायो संसदीय दल र सचिवालय बैठक

काठमाडौ । नेकपा एमालेले आज संसदीय दल तथा केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

पार्टी संसदीय दलको बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ। त्यसैगरी, केन्द्रीय सचिवालय बैठक आज साँझ ६ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको भोलिपल्ट एमालेले दुवै महत्वपूर्ण बैठक बोलाएको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको धारणा तथा आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।

पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष पौडेललाई प्रहरीले सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो। उनको पक्राउपछि राष्ट्रिय राजनीतिमा नयाँ बहस सुरु भएको छ भने एमालेले घटनाप्रति आधिकारिक धारणा तय गर्न आन्तरिक छलफल तीव्र बनाएको छ।

पार्टीका शीर्ष नेताहरू सहभागी हुने दुवै बैठकलाई पछिल्लो घटनाक्रमका सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।