आज दिउँसो २ बजेदेखि रास्वपाको बन्दसत्र सुरु हुने

User Image Prime TV News ४ हप्ता अगाडि
Image of आज दिउँसो २ बजेदेखि रास्वपाको बन्दसत्र सुरु हुने

काठमाडौ ।  राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो २ बजेदेखि सुरु हुने भएको छ।

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण कार्य जारी रहेको जानकारी दिँदै वितरण प्रक्रिया सकिएलगत्तै बन्दसत्र सुरु गरिने बताएका हुन्। उनका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या अपेक्षाभन्दा उल्लेख्य रूपमा बढेका कारण केही प्राविधिक समस्या उत्पन्न हुँदा बुधबार बन्दसत्र सुरु हुन सकेको थिएन।

‘इस्टिमेट गरिएको २८ सयदेखि ३ हजारसम्म महाधिवेशन प्रतिनिधिको संख्या बढेर ४२ सयभन्दा माथि पुगेपछि केही प्राविधिक त्रुटिका कारण हिजो बन्दसत्र सुरु गर्न सकेनौं,’ पराजुलीले भने, ‘अहिले महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण भइरहेको छ। वितरण सम्पन्न भएपछि भोजनावकाश लिएर आजको बन्दसत्र सुरु गर्नेछौं।’

बन्दसत्र सञ्चालनका लागि आवश्यक तयारी पूरा गर्न दिउँसो १ बजेसम्म समय लाग्ने देखिएको उनले बताए। यसअघि बन्दसत्रबाहेकका अन्य आवश्यक प्रक्रियाहरू भने सम्पन्न भइसकेको उनको भनाइ छ। पराजुलीले बन्दसत्र स्थगित हुँदा महाधिवेशन प्रतिनिधि तथा सञ्चारकर्मीलाई पर्न गएको असुविधाप्रति क्षमासमेत मागेका छन्।