गाजा युद्ध अन्त्य गर्ने प्रयासमा संलग्न सबैलाई छिटो अघि बढ्न ट्रम्पको आग्रह

User Image Prime TV News एक महिना अगाडि
Image of गाजा युद्ध अन्त्य गर्ने प्रयासमा संलग्न सबैलाई छिटो अघि बढ्न  ट्रम्पको आग्रह

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्ध अन्त्य गर्ने प्रयासमा संलग्न सबैलाई छिटो अघि बढ्न आग्रह गरेका छन् ।

मध्यस्थकर्ताहरू इजिप्टमा हमास र इजरायल बीचको अप्रत्यक्ष शान्ति वार्ताको लागि भेला हुने तय भएकाले उनले छिटो निर्णयमा पुग्न आग्रह गरेकाहुन् । हमासले बन्धकहरूलाई मुक्त गर्ने र गाजाको शासन प्यालेस्टिनी टेक्नोक्रेटहरूलाई हस्तान्तरण गर्ने लगायत २०–बुँदे अमेरिकी शान्ति योजनाका केही भागहरूमा सहमति जनाएपछि वार्ता भएको हो ।

हमासले अन्य मुद्दाहरूमा वार्ता खोजिरहेको छ। हमासको निशस्त्रीकरण र गाजाको शासनमा भविष्यमा कुनै भूमिका खेल्ने प्रमुख मागहरू उल्लेख गरिएको छैन। वार्ता धेरै सफल भएको सामाजिक सञ्जालमा लेख्दै ट्रम्पल यसै हप्ता शान्ति प्रक्रिया पूरा गर्नुपर्ने बताएकाछन । आफनो प्रस्तावमा सहमत नभए ठूलो रक्तपात हुने चेतावनीसमेत उनले दिएका छन् ।