मनसुन कोशीबाट विस्तार हुँदै गण्डकी र लुम्बिनीसम्म

User Image Prime TV News ४ हप्ता अगाडि
Image of मनसुन कोशीबाट विस्तार हुँदै गण्डकी र लुम्बिनीसम्म

काठमाडौ । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशबाट विस्तार हुँदै देशका थप प्रदेशहरूमा फैलिएको छ। हाल मनसुन मधेश, बागमती हुँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म पुगेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन प्रणाली ५ असारमा कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको थियो। त्यसपछि क्रमशः विस्तार हुँदै ८ असारसम्म आइपुग्दा कोशी, मधेश, बागमती, गण्डकीका केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका केही स्थानमा फैलिएको हो।

महाशाखाका अनुसार यस वर्ष मनसुन सरदर मितिभन्दा करिब ६ दिन ढिलो गरी नेपाल प्रवेश गरेको हो। हाल मनसुन कमजोर अवस्थामा रहेको र देशका सबै भूभागमा पूर्ण रूपमा विस्तार हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ। मौसम प्रणालीको यो विस्तारसँगै विभिन्न प्रदेशमा वर्षाको गतिविधि क्रमशः बढ्ने बताइएको छ । 

मौसमविद्हरूले मनसुन पूर्ण रूपमा सक्रिय नहुँदासम्म सावधानी अपनाउन आग्रह गर्दै आएका छन्।