रास्वपा प्रवक्ता मनिष झा महामन्त्री पदका आकांक्षी

User Image Prime TV News ४ हप्ता अगाडि
Image of रास्वपा प्रवक्ता मनिष झा महामन्त्री पदका आकांक्षी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा ले पार्टीको नयाँ नेतृत्व संरचनामा महामन्त्री पदका लागि आकांक्षा व्यक्त गरेका छन्।

चितवनमा जारी पार्टीको प्रथम महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले आफू महामन्त्री पदका लागि प्रतिस्पर्धा गर्न तयार रहेको बताएका हुन्। उनका अनुसार पार्टीमा हालसम्म आफूले निर्वाह गर्दै आएको जिम्मेवारीले महामन्त्री पदको भूमिका निभाउन सक्ने विश्वास दिलाएको छ। उनले भने, “परिणाम जे सुकै आओस्, म महामन्त्रीमा भिड्न तयार छु।”

झाले पार्टीको वर्तमान व्यवस्थापन र अनुभवका आधारमा नेतृत्वमा अनुभवी व्यक्ति आवश्यक पर्ने संकेत पनि गरेका छन्। उनका अनुसार महाधिवेशन व्यवस्थापनका क्रममा देखिएका चुनौतीले संगठनात्मक नेतृत्वको क्षमता अझ मजबुत बनाउनुपर्ने आवश्यकता देखाएको छ।

उनले साथी–सर्कलबाट पनि आफूलाई सोही पदमा अघि बढ्न सुझाव आएको उल्लेख गर्दै अबको यात्रामा चुनौती सामना गर्न तयार रहेको बताएका छन्। महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया अघि बढिरहेकाले आगामी दिनमा पार्टीको शीर्ष पदाधिकारीमा प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ।