जनमत अध्यक्ष राउतको टिप्पणी : ‘जनता र हावा कसैको पेवा हुँदैन’

User Image Prime TV News एक महिना अगाडि
Image of जनमत अध्यक्ष राउतको टिप्पणी : ‘जनता र हावा कसैको पेवा हुँदैन’

चितवन । जनमत पार्टीका अध्यक्ष सीके राउतले जनता र हावाबीच समानता रहेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले जनता कसैको स्थायी समर्थनमा नरहने संकेत गरेका हुन्।

भाषणका क्रममा राउतले बेलुनमा भरिएको हावाको उदाहरण दिँदै हावा आफ्नो नियन्त्रणमा रहेको जस्तो देखिए पनि एउटा सियोले घोच्दा तत्काल फुस्किन सक्ने बताए। त्यसैगरी जनता पनि कुनै व्यक्ति वा दलको पेवा नहुने उनको भनाइ थियो।

उनले तराई–मधेशको विकासका लागि हुलाकी राजमार्ग निर्माणलाई गति दिन तथा जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन्। साथै, उनले सम्बोधनका क्रममा रवी लामिछाने र वालेन शाहको प्रशंसा गरेका थिए।

राउतले बालेन्द्र शाहलाई परम्परागत राजनीतिक सोचभन्दा फरक ढंगले सोच्न सक्ने नेता भएको उल्लेख गर्दै ‘अर्को लेभल’को नेताको संज्ञा दिए। उनका अनुसार समस्या सिर्जना गर्ने वा त्यसमा अल्झिने सोचभन्दा माथि उठेर समाधानतर्फ केन्द्रित हुने नेतृत्वको आवश्यकता रहेको छ।