रास्वपाको पहिलो महाधिवेशन भरतपुरमा सुरु, शीर्ष नेताहरूको सहभागिता

User Image Prime TV News एक महिना अगाडि
Image of रास्वपाको पहिलो महाधिवेशन भरतपुरमा सुरु, शीर्ष नेताहरूको सहभागिता

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन भरतपुरमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्र अहिले जारी रहेको छ।

उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहेको छ। नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई , नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेकपा का नेता बर्षमान पुन, राप्रपा राजेन्द्र लिङ्देन, जसपा नेपाल अध्यक्ष तथा जनमत पार्टीका चन्द्रकान्त राउतलगायतका नेताहरु उद्घाटन सत्रमा सहभागी भएका छन्।

रास्वपाको स्थापना पछि आयोजित यो पहिलो महाधिवेशनलाई पार्टीको संगठनात्मक सुदृढीकरण, भावी नेतृत्व चयन तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको छ भने विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना मन्तव्य दिने कार्यक्रम पनि रहेको बताइएको छ।