रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह चितवन पुगे

User Image Prime TV News एक महिना अगाडि
Image of रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह चितवन पुगे

काठमाडौ । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन्।

उनी आइतबार केहीबेरअघि भरतपुर विमानस्थल मा अवतरण गरेका हुन्। शाह परिवारसहित चितवन पुगेका छन्। विमानस्थलबाट बाहिरिने क्रममा उनी छोरीलाई बोकेर निस्किएको दृश्य पनि देखिएको थियो।

रास्वपाको महाधिवेशन उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछाने र बालेन शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ। आज अपराह्न हुने उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना मन्तव्य दिने कार्यक्रम छ।

यसैबीच, गगन थापा पनि महाधिवेशनमा सहभागी हुन चितवन जाने कार्यक्रम रहेको छ।