इरानद्वारा होर्मुज जलमार्ग फेरि बन्द गर्ने घोषणा, क्षेत्रीय तनाव पुनः बढ्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । इरानले लेबनानमा जारी इजरायली सैन्य गतिविधिको विरोध गर्दै रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण होर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेको छ।
इरानको संयुक्त सैन्य कमान्डले शनिबार जारी गरेको वक्तव्यमा यो कदम हालैको समझदारी उल्लङ्घनविरुद्धको प्रतिक्रिया भएको जनाएको छ।
इरानी पक्षले जलमार्गमार्फत सबै प्रकारका जहाजहरूको आवतजावत रोक्ने घोषणा गर्दै आवश्यक परे थप कदम पनि चालिने चेतावनी दिएको छ। यो घोषणाले हालै सुरु भएको कूटनीतिक प्रक्रिया र क्षेत्रीय स्थिरतामाथि नयाँ दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ।
यता अमेरिकी पक्षले भने इरानको दाबीलाई चुनौती दिएको छ। अमेरिकी केन्द्रीय कमान्डले होर्मुज क्षेत्रमा आफ्नो निगरानी जारी रहेको र जलमार्ग खुला रहेको दाबी गर्दै व्यावसायिक जहाजहरूको आवतजावत भइरहेको जनाएको छ।
होर्मुज जलमार्ग विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्गमध्ये एक मानिन्छ। यहाँ हुने कुनै पनि अवरोधले तेल आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार र विश्व बजारमा प्रत्यक्ष प्रभाव पार्न सक्ने बताइएको छ ।







