राष्ट्रपतिको उपस्थितिमा भोटो जात्रा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । ललितपुरको जावलाखेलमा शनिबार ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न भएको छ।
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत आयोजना गरिएको भोटो देखाउने कार्यक्रम परम्पराअनुसार सम्पन्न गरिएको हो।
कार्यक्रममा राष्ट्रप्रमुखको उपस्थितिमा बहुमूल्य भोटो सर्वसाधारणलाई प्रदर्शन गरिएको थियो। यस वर्षको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उच्च सरकारी अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि तथा हजारौँ श्रद्धालुको उपस्थिति रहेको थियो।
रातो मच्छिन्द्रनाथको रथयात्राको अन्तिम चरणका रूपमा मनाइने भोटो जात्रालाई उपत्यकाको सबैभन्दा पुरानो र सांस्कृतिक रूपमा महत्त्वपूर्ण पर्वमध्ये एक मानिन्छ।
भोटो प्रदर्शन सम्पन्न भएसँगै यस वर्षको रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन भएको छ।







