रास्वपाको महाधिवेशनमा एमालेबाट प्रदीप ज्ञवाली सहभागी हुने

User Image Prime TV News एक महिना अगाडि
Image of रास्वपाको महाधिवेशनमा एमालेबाट प्रदीप ज्ञवाली सहभागी हुने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा शुभकामना दिन नेकपा एमालेले आफ्नो प्रतिनिधिका रूपमा पूर्वउपमहासचिव प्रदीप ज्ञावलीलाई पठाउने भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालय प्रमुख निरुदेवी पालका अनुसार अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण उपत्यकाबाहिरको कार्यक्रममा सहभागी हुन कठिन भएको बताइएको छ।

त्यस्तै, पार्टीका अन्य पदाधिकारीहरू पार्टीको जागरण अभियानअन्तर्गत सुदूरपश्चिम क्षेत्रमा रहेकाले महाधिवेशनमा एमालेको तर्फबाट ज्ञवाली सहभागी हुने निर्णय गरिएको जनाइएको छ।

रास्वपाले आयोजना गरेको महाधिवेशनलाई नयाँ नेतृत्व, संगठन विस्तार र आगामी राजनीतिक कार्यदिशा तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।