ब्राजिलले फिफा विश्वकप फुटबल २०२६ मा पहिलो जित दर्ता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६ मा पहिलो जित दर्ता गरेको छ।
फिलाडेल्फियामा आज बिहान भएको समूह ‘सी’ को खेलमा ब्राजिलले हाइटी लाई ३–० गोलले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली पुनरागमन गरेको हो।
ब्राजिलको जितमा म्याथियस कुन्हा नायक बने। उनले खेलको २३औँ र ३६औँ मिनेटमा लगातार दुई गोल गरे। दुवै गोलमा भिनिसियस जुनियर को सहयोग रह्यो। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा भिनिसियस आफैँले गोल गर्दै ब्राजिललाई ३–० को सहज अग्रता दिलाए।
पहिलो खेलमा मोरक्को सँग बराबरीमा रोकिएको ब्राजिलका लागि यो जित निकै महत्त्वपूर्ण बनेको छ। दुई खेलबाट चार अंक जोडेको टोली अहिले समूह ‘सी’ को शीर्षस्थानमा पुगेको छ र नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ।
यता लगातार दोस्रो हार बेहोरेको हाइटीको विश्वकप यात्रा कठिन बनेको छ।







