वैशाख महिनाका मन्त्रिपरिषद् बैठकका १०६ निर्णय सार्वजनिक
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकारले २०८३ वैशाख महिनामा विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले वैशाख महिनामा बसेका बैठकका १०६ वटा निर्णय सार्वजनिक गरेका हुन्। सरकारका अनुसार ती निर्णयहरू विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठकबाट पारित भएका प्रशासनिक, नीतिगत तथा विकाससम्बन्धी विषयसँग सम्बन्धित छन्।
सरकारले नियमित रूपमा मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्ने अभ्यासअनुसार निर्णयहरू एकमुष्ट रूपमा सार्वजनिक गरिएको जनाएको छ। प्रवक्ता पोखरेलले सार्वजनिक गरिएका निर्णयहरूको कार्यान्वयन सम्बन्धित मन्त्रालयहरूले अघि बढाउने जानकारी दिए।







