जेठ ५ पछि बसेका मन्त्रिपरिषद् बैठकका ८७ निर्णय सार्वजनिक
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकारले जेठ ५ गतेपछि विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। शुक्रबार सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ८७ वटा निर्णय सार्वजनिक गरेका हुन्।
प्रवक्ता पोखरेलका अनुसार जेठ ५, जेठ ११, जेठ १५, जेठ १९, जेठ २६ र जेठ २९ गते बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको हो। सरकारले नियमित रूपमा निर्णय सार्वजनिक गर्ने अभ्यासअनुसार ती बैठकहरूमा भएका प्रशासनिक, नीतिगत तथा विकाससम्बन्धी विभिन्न निर्णयहरू सार्वजनिक गरिएको बताइएको छ।
सरकारका निर्णयहरू सार्वजनिक भएपछि सम्बन्धित मन्त्रालयहरूलाई कार्यान्वयन प्रक्रिया अघि बढाउन निर्देशन दिइने प्रवक्ता पोखरेलले जानकारी दिएका छन्। सरकारले पछिल्ला मन्त्रिपरिषद् बैठकका निर्णय एकमुष्ट रूपमा सार्वजनिक गरेसँगै ती निर्णयहरूको कार्यान्वयन र प्रभावबारे चासो बढेको छ।







